समाज

हनुमानढोकास्थित दसैँघरमा राखियो जमरा (तस्बिरहरु)

नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ।

आज बिहान ११ बजेर २९ मिनेटको शुभसाईतमा दसैँ घरमा घटस्थापना गरिएको हो।

सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ। सँगै बन्दुक पड्काएर बढाइँ गरिएको छ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ। यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ।

प्रकाशित: २८ आश्विन २०८० ०७:१८ आइतबार

दसैँघर जमरा