समाज

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

पाँचथर— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा पाँचथर सदरमुकाम फिदिममा बम फेला परेको छ। शनिवारे छेउवाट फिदिम–२ पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेनाको भैरवी दल गणको वम विष्पोजर टोलिले पड्काएर निष्क्रिय पारेको छ।

बिहान फिदिम बजारतर्फ आउँदै गर्दा जगमा टेपले बाँधेर तार निकालिएको अवस्थामा शंकास्पत वस्तु देखेपछि एक महिलाले खबर गरेकी थिइन्। बसपार्क सुरक्षार्थ खटिएको प्रहरी टोलीलाई जानकारी दिएपछि सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो। हलुङ्गेको जगमा बाधेर बम राखिएको अवस्था भेटिएपछि निस्क्रिय पारीएको डिएसपि बामदेव गौतमले जानकारी दिए।

बम बाटोमा राखिएको थियो। शक्तिशालि जस्तो देखिएको सुरक्षाकर्मीहरु बताएका छन्। नेपाली सेनाको टोलिले झण्डै एक घण्टा लगाएर वम निस्क्रीय पारेको थियो। बमको हल्ला सहर भरी फैलिएपछि ठुलो संख्यामा स्थानियहरुको उपस्थीती थियो। जगमा ब्याट्रि तथा विस्पोटक पदार्थ राखेर बम राखिएको थियो। प्रधानमन्त्रिको जिल्ला भ्रमण तथा निर्वाचन नजिकिदै गर्दा बम भेटिएको हो। अनुभवीलेनै बम बनाएको जस्तो देखिएको सुरक्षाकर्मीहरुले जानकारी दिए।

बम राखेको जिम्मा अहिलेसमम कसैले लिएका छैनन। बम कस्ले राखेको भन्ने खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाईले जानकारी दिइन। अनुसन्धान कार्य अघि बढेको उनले बताइन्।

प्रकाशित: २२ कार्तिक २०७४ ०८:५८ बुधबार

#फिदिम #बम #चुनाब