समाज

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा पोखरामा दीप प्रज्वलन

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पोखरामा दीप प्रज्वलन गरिएको छ। इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वी चोकमा दीप प्रज्वलन गरेको हो। 

हमासको आक्रमणमा परेर इजरायलमा अध्ययनका लागि गएका १० जना नेपालीको ज्यान गएको थियो।  अन्य केही घाइते भएको सरकारले जनाएको छ। घाइते मध्ये केही स्वदेश फर्किसकेका छन् भने गम्भीर घाइते इजरायलमै उपचार भइरहेको छ। नेपाल सरकारले केही दिनअघि विमान चार्टर गरेर इजरायलमा रहेका २५४ जना नेपालीको उद्धार गरेको थियो। 

इजरायल आक्रमणमा परेर ज्यान गुमाएकाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेले जानकारी दिए। दीप प्रज्वलनमा समितिका पदाधिकारी, निवर्तमान तथा पूर्व अध्यक्षहरु, कार्य समिति सदस्यहरु तथा साधारण सदस्यहरु सहभागी भएका थिए।

प्रकाशित: २७ आश्विन २०८० ०९:४८ शनिबार

दीप प्रज्जवलन ईजरायल