समाज

दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

लहान- जिल्लाको धनगडीमाई नगरपालिका –८ मुसहरनीयाबाट आज दिउँसो लहान प्रहरीले दुईथान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा भोर्लेनी– १० का जंगबहादुर तामाङ रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमूख (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए।

चुनावी सुरक्षार्थ गस्तीमा खटिएका सुवेदी सहितको प्रहरी टोलीले उनीहरुलाई हतियार फ्याकेर भाग्न खोज्दा लखेटेर पक्राउ गरेको हो।  फरार तीनजानको खोजी भैरहेको सुवेदीले बताए ।

प्रकाशित: २१ कार्तिक २०७४ १०:४६ मंगलबार

दुई थान भरुवा बन्दुकसहित पक्राउ