समाज

पोखरी माहात्म्य!

सम्पदा

नागह्रद–नागपोखरी। ह्रद बराबर पोखरी। ह्रद संस्कृत वाङ्मयमा। ह्रद-दह। ह्रद दह बन्नपुग्यो। भाषिक रूपान्तरको प्रमाण प्रत्यक्ष बन्छ। बनेको उदाहरण यो। ह्रद दह हुन पुग्यो नेपाली वाङ्मयमा। बन्न यसो कारक तत्व गर्ने प्रसङ्ग उपयुक्त हुन्न यहाँ अहिले। प्रकृति–पर्यावरणले बनाएको शाश्वत सत्य, मूर्धन्य स्वरूप यो! कहीं भन्छन् दैवको लीला हो। दैव भन्नु प्रकृति र पर्यावरण नै। प्रकृति र पर्यावरणमै दैव निवास छ। शाश्वत सत्य यो। शाश्वत हुन्छ निर्माण विनिर्माण आफै। परोइन गर्न माथापच्चिसे कठैबरी कसैले नि!

मात्र काठमाडौं उपत्यकाकै होइन यो प्रसङ्ग! नेपाली भूभौतिक अवस्थितिले राष्ट्र नेपालको यत्रतत्र सर्वत्र बने–रहेको छ। शाश्वत सत्य। दहका निर्माण–विनिर्माण प्रकृति परिवेशद्वारा हुन्छ। दह र पोखरीमा देख्छु अन्तर। पोखरी खनेर बनाइको हुन्छ मिहिनेतपूर्वक। दह हुन्छ स्वनिर्मित, स्वच्छन्द तवरले। परेको हुन कुनै नि वास्य लगानीबिना नै। अन्तर छ दह र पोखरीबिचको।

दहका नेपाल विशाल, किंवदन्ती छन् अनेक। यससित जोडिएका छन् नेपालको सृष्टि संरचनाकालदेखि नै। महाचीन–महाभारत कालदेखि दुवै राष्ट्रका राग–अनुराग नेपाल राष्ट्रप्रति। नाग–हदको पानीनिकास बनाउन महाचीनका महामञ्जुश्रीले तरबार प्रहार गरेको प्रसङ्ग। छ झुन्डिएको आठ जिब्रोका टुप्पो टुप्पोमा। महाभारतकालीन कथोपकथन आफ्नै खाले छ।’

भन्छन्-कृष्ण परमात्माले सुदर्शन चक्र प्रहार गरे। दुवै शक्ति केन्द्रको चासो रहे–गढेको मन्दिरको आभास हुन्छ मनग्य! अध्ययन अवलोकन विधिका आयाम नभनौं किन कसरी?

भक्तपुर नगरवासी। मोह छ यो चेतलाई! भक्तपुर मात्र होइन, काठमाडौं–ललितपुर महानगरपालिकालगायत अन्यान्य प्रदेश, जिल्ला, नगर, गाउँपालिकाहरूमा पनि छन् दह–पोखरीहरू छ्यापछ्याप्ती अझै। होलान् गाँसिएका कति कति। स्थानीय जनगणका चेत खुल्दै खुलाउँदै जान्छन् सदाबहार एकपछि अर्को निरन्तर। क्रम जारी रहने छ अविरल। अविरल क्रम नटुटाउनै भक्तपुर नगर भित्रबाहिरका पुखू पोखरीहरू जोड्ने अनुमति चाहन्छु।

कमलपाेखरी, चापागाउँ

मूल प्रवेशद्वार सल्लाघारी। त्यसकै थुम्कोमा मल्लकालीन रानीपुखू। झारपातले छोपिएर अदृश्य प्रायः रहेको। पुखू बराबर पोखरी। नेपाली सेनाको सघन समझदारीमा भक्तपुर नगरपालिकाले जीर्णाेद्धार गरेको छ।

जीर्णोद्धारपछि नाम पनि नवनीत बने। मल्लकालीन रानीपुखू राजा जगज्योति मल्लले नेपाल संवत् ७५० मा थालनी गरेका। ४८ वर्षपछि राजा जितामित्र मल्लले पूर्णता दिए। पुनर्निर्माण कालको अवसरमा भक्तपुर नगरपालिकाको सौजन्यमा मैले पनि अवलोकनको सुअवसर पाएको। अलिअलि स्मृतिमा झल्किरहेको गर्छु उल्लेख।

पश्चिम मूलद्वारका थुम्कोका रानीपुखू पुनर्निर्माणपछि नामकरण भयो–न्हूपुखू। न्हु बराबर नयाँ, पुखु बराबर पोखरी नेपाल भाषामा। आफै चोखो समझदारी छ-पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला, संस्कृति। समझदी सिद्धान्त अनुकूल रह्यो–रहेन? पुनरावलोकन, समीक्षा गर्नु उपयुक्त ठान्छु। नकारात्मक आक्षेप नभई सौम्य, सौहार्द भक्तपुरे नागरिकीय दायित्वबोधी चिन्तन यो! रानीपुखू, न्हूपुखू, तःपुखू (सिद्धपोखरी), नवपुखू, भण्डारपुखू चार पोखरी लहरवर्ती छन्-रहिरहेकै छन्, अद्यापीय थावत्!

जलाशयका महिमा छन्-आयामिक! आयामले वैविध्य बोध गराउँछ। पोखरी खन्नु खनाउनुका रहस्य छन् अनेक। सामान्यतः पशुपालन व्यावसायिकका लागि बहुविद् उपयोगिताका छन्। पशुलाई पानी पिलाउनु, आहाल बसाल्नु भैंसीलाई, पोखरीको पानीबाट कुलो सिँचाइ गर्नु, ढुङ्गेधारा चलाउनु, दैवागत आपत्ति आगलागी हुँदा घैंटा आदिमा पानी ओसारी निभाउनु इत्यादि।

भाज्या पाेखरी, भक्तपुर

भक्तपुर नगर इलाकामा ५० पोखरी छन्। नामकरण नेवार संस्कार संस्कृतिपरक लाग्छ। ४९ पोखरी नगरपालिकाको अगुवाइ, स्थानीयको सक्रिय सहभागितामा जीर्णोद्धार भई पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला–संस्कृतिको महिमा वर्चस्ववान् बनेछ। पचासमध्ये सकोलां पुखू मासिएको स्थान दत्तात्रयबाट नवदुर्गा भवानी मन्दिर जाने कुनामा पर्छ।

सकोलांका छन् अर्थ दुई। पहिलो ढल बगी जम्मा हुने साःगाः जमिनमुनि पाइप गाडी ढल व्यवस्था गरेको अवस्था। मासिएको भन्न शोभनीय नहुने। पोखरीको नामकरण स्थानीय नगरवासीले बोलिने भएको छ। स्थानीय संस्कार–संस्कृतिको झलक झल्किन्छ। अँचापुखू, खँचापुखू दुई पोखरी लिऊँ उदाहरणस्वरूप। अँचा, खँचा ध्वन्यात्मकताका आधारमा पूरापूर भक्तपुरे नेवारी ध्वनिकै प्रतिनिधित्व गर्छ।

अन्तका नेपाल भाषीले बोल्न कठिन साध्य मात्र। अँचाको अन्तर भावनागको पासमाथि लेटिएका नारायण आराधना स्थल। संस्कृतमा शेषशायी नारायण। अँचापुखूका नारायण कालिनागका पासका आसनमाथि उत्तानिएको मुद्राभावमा छ। लमतन्न परेको आकृति शरीर। उत्तानिएको मगनमस्त भावमुद्राले दुई विन्यास गर्छ अर्थबोधक। मगनमस्त भावधारा एक! नील गगनको प्रगाढ चिन्तन भावमय ध्यानावस्थित मुद्रामय अवतार।

अवतार कोरा अर्थमा धर्मभिरु जँचिएला। अवतार पृथ्वी–लोकमा अवतरण हुँदाको आकृति! आकृतिका महिमा हुन्छ–अनेक स्थितिजन्य। भयभीत मनस्थितिको मेलापात शेषशायी नारायण अवलोकन पोखरी–अँचापुखू समान बन्छ कहाँ–कसरी? मुद्रामय ध्यान-ध्यानपूर्ण मुद्राको भावगाम्भीर्य। गम्भीर विचारधारा हुन्छ-छचल्काएको पनि। अवलोकनकर्ताका चेतनामा भाव/अर्थ विन्यास बन्छ। मनको तरङ्ग यो म भन्ने जीवको। अवतार अँचापुखूका शेषशायी नरनारायणको।

नर नै उन्मुक्तता प्रेयसी प्राणी। नरनारायण भन्नुको भावगाम्भीर्य प्रकटित बन्छ यसरी। अँचापुखू पोखरीको प्रसङ्ग टुटाउँछु अहिलेलाई।

भक्तपुर नगरपालिका क्षेत्रभित्रका वडामा अवस्थित खँचापुखू विशुद्ध भक्तपुरे नेपाल भाषा प्रतिनिधि शब्द (खँग्वः)। खँचाको भावार्थ छाया देखिने, छाया पर्ने। टौमढी टोल तत्कालीन अवस्थाको मध्य स्थान! वर्तमानले छैन नकारेको यसलाई। थने–कोनेको धारणा यसमा छ निहित। थने माथिल्लो, कोने तल्लो भाग भक्तपुरको। पूर्व जहाँ हुन्छ सूर्योदय थने। कोने अस्ताने सूर्य कोनय्। पोखरी-भक्तपुर नगर परिसरका कति छन् कति! आफै जीवनावधि कालखण्ड नाङ्गो आँखा साक्षी प्रत्यक्ष छ।

बहारे जाने भन्दै सहचारी बन्धुवान्धवसित लहसिएका उफ् वस्वां, पलेस्वां वानासि सकेछन् अहिले। तिनमध्ये दुई नगरकै उत्तरतिरका व्यासीका दुई ठुलै पोखरी मासिएको तालाएर बस्नु पर्‍या छ।

महाकाली पीठको थुम्कोमुनि भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि दुर्दशा बनेको छ यो।

कमलपाेखरी, काठमाडाैं

काठमाडौंको मुटुझैं ढुकढुकी रहेका जुद्ध सडक वरपरका बहार पोखरीहरू बाफिइसकेका छन्। खिचापोखरी केटाकेटीका आछी पखाल्ने पोखरी नेपाल भाषामा। हेर्दाहेर्दै भइसकेछन्–स्वर्गारोहण ! धिक्कारूँ या हासूँ हररर।

त्यंगःबाट छत्रपाटी लाग्दा दाहिने इखापुखू थियो। कन्या मन्दिर हाइस्कुलअगाडि। केही वर्षअघिसम्म थिए। थाहा भएन अहिले। वयोवृद्ध दुर्बलतावश! आहाल, दह, पोखरी मासी गृह, बहुविद् कम्प्लेक्स निर्माण लहर छ छाएको।

विष्णुमती शोभा–भगवती जाने सिरान चौरमा दह थियो। धोबीहरू लुगा धुन्थे त्यहाँ। थाहा पूरै छ। अब त किंकर्तव्यविमूढ भइएछ। हैरान यस्तै! ललितपुर पाटनमा कहाँ थियो कम दह–पोखरीका सभ्यता। माछा मार्थे वामा ठुलठुलै। पुल्चोक परिसरमा जताततै थिए मात्रा प्रचुरै। वर्तमान पुल्चोक! भाषान्तरणका नयाँ दृष्टान्त रूप! मल्लकालीन जमानाका भाषिक संस्कारबाट अलग–रूपान्तरित स्वरूप। उसबेलाको पुखूच्वः, पुल्चोक अहिलेको।

पुखूच्वः बराबर थुम्काको सिरानीमा जमेको पोखरी। दह आदिम स्वरूप पोखरीको। तब बराबर तौ तौदय आदिकालकै अवशेष। नेपाल भाषा दन्त्यप्रधान। नेपाली मूर्धन्य प्रधान। त, थ, द, ध, न दन्त्य उच्चारण। ट, ठ, ड, ढ, ण मूर्धन्य। उच्चारण गर्दा टालुका स्थान छुन्छ जिब्रोको टुप्पाले।

काठमाडौं उपत्यकामा बस्ती बस्नु अगावै बनेपा आवाद भएको प्रमाण भाषिक प्रस्तुति– बनेपा। बँ बराबर भुइँ, भूमि। नेपा बराबर नेपाल। नेपाको आदिम भूमि बराबर बँ। बनेपा नेपालको आदिम नाम रूप। भर्खरको लहसिँदो नवयुवावस्थामा आदरणीय अग्रज वर्गले बताएका श्रुति आख्यान रहेको मनमस्तिष्कको स्मृति सम्भार आफ्नै यो। भूअवस्थिति राजधानी उपत्यकाको भूसतहभन्दा बनेपाको उँचो रहेको बताइन्छ। यसैले बनेपा नेपालको आदिम नाम रहेको हुनुपर्छ।

बालकुमारी पाेखरी

ज्ञाता ऐतिहासिक संस्कृति, सांस्कृतिक परिवेश सम्मिश्रित रहस्यका ज्ञाता ज्ञानकाजी मानन्धर इहलोक त्याग्नु भएर रित्तिएको छ अवस्था। त्यसो त जनमत–साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल पर्यन्त बनेपावासी नै हुन्। हुनुपर्छ खोजीनीति भएगरेका पनि उहाँहरूबाट सार्थक यथेष्ट। देशभित्र अनि विदेश, अन्तर्राष्ट्र–विश्व समुदायका दह–पोखरीका कथाव्यथाका धड्कन यस्तै उस्तै रहेका नि! विश्व परिवेशका यस्तै छन् दह–पोखरीका कथाव्यथाका रहस्य। बिट मार्ने अनुमति चहार्दै ॐ नमो शिवाय!

प्रकाशित: २७ आश्विन २०८० ०३:०४ शनिबार

पोखरी माहात्म्य महाकाली पीठको थुम्को