समाज

लियोलाई लिडरसिप तालिम

काठमाडौं- लियो क्लव इन्टनेशनल ३२५ बि टुले राजधानीमा लियो लिडरसिप कार्यशाला गरेको छ। देशभरिका दुई सय जना लियो युवापुस्तालाई नेतृत्व सम्बन्धि तालिम दिएको हो।

अन्तर्ष्ट्रिय  स्पिकर नरबहादुर कार्कीले युवा पुस्ताले जीवनमा सकरात्मक सोचका साथ नयाँ प्रोजेक्ट सहितको योजना बनाउनु पर्ने बताए । उनले जीवनमा उत्साहका साथ काम गर्ने आत्मविश्वास नभएसम्म लक्ष्य प्राप्त गर्न नसिकने भन्दै युवापुस्ताले आत्मविश्वास गुमाउन नहुने विषयमा प्रशिक्षण गरेका थिए।

यस्तै, प्यावसनका उपाध्यक्ष तथा निवर्तमान लायन गभर्नर डिके ढुंगानाले एक दशक अघि एक लाख रुपैयाँ खर्च गरेर भारतको मुम्बइमा शिव खेडाको ‘आइ क्यान डु’ नामक तालिम लिएको स्मरण गराए। उनले नेतृत्वसँग सम्बन्धित तालिमले जीवनमा सफलताको शुत्र थाहा पाउने भनाई छ ।

कार्यक्रमका संयोजक तथा लियो जिल्ला परिषदका उपाध्यक्ष तारा गुरागाइले लियोले भोलिको दिनमा सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक रुपमा नेतृत्व लिने भएका कारण अन्तराष्ट्रिय तहको तालिम आयोजना गरिएको बताए ।

यस्तै, अन्तराष्ट्रिय प्रपोजल राइटर रामचन्द्र दाहालले युवा पुस्ताले प्रोजेक्ट वेशमा काम गर्नका लागि प्रपोजल लेख्न सक्ने खुविको विकास गर्नु पर्ने बताए । ‘अन्तराष्ट्रिय क्षेत्रका युवाहरुले प्रपोजल राइटिङबाट करोडौ आम्दानी गरेर खर्बौको बजेट विकास निर्माणमा पार्न सक्छ,‘ उनले भने,‘आफैले लेखेको प्रपोजलबाट अर्बौ रकम बजेट आउने गरेको छ।’

प्रकाशित: २० कार्तिक २०७४ १३:४७ सोमबार

लियोलाई लिडरसिप