समाज

माडीमा करेन्ट लागेर एकजनाको मृत्यु

चितवनको माडी नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

माडी नगरपालिका–९ स्थित कृष्णनगरमा जंगली जनावरलाई रोक्न राखिएको सोलारबाट जडान गरिएको एल्मोनियम तारमा करेन्ट लाग्दा कृष्णनगरकै २८ वर्षिय विकल्प सुवेदीको बिहीवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

आफ्नै घर नजिकैको बारीमा घाँस काट्न गएका बेला सवेदीलाई करेन्ट लागेको थियो।  

करेन्ट लागेपछि सुवेदीका बुबाले उनलाई अचेत अवस्थामा फेला परेका थिए। तत्काल उपचारको लागि बघौडा अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।  

प्रकाशित: २६ आश्विन २०८० ०२:१७ शुक्रबार

चितवन माडी नगरपालिका करेन्ट लागेर एकजनाको मृत्यु