समाज

दुर्घटनामा पैदलयात्रीको मृत्यु

भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६९प ९१० नंको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको हो।

प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।  

प्रकाशित: २५ आश्विन २०८० १३:२३ बिहीबार

दुर्घटनामा पैदलयात्रीको मृत्यु