समाज

नेसनल हस्पिटलको सेवा सुरु

काठमाडौ– निजी क्षेत्रको लगानीमा राजधानीको कलंकीमा स्थापना भएको नेपाल नेसनल हस्पिटलको औपचारिक रूपमा सेवा सुरुवात गरेको छ । सय शैड्ढयाको अस्पतालको युवा तथा खेलकुद मन्त्री राजन केसीले उद्घाटन गरे । 

अस्पतालका निर्देशक डा. प्रकाश पौड्यालका अनुसार २४ घन्टे सेवा प्रदान गरिने हस्पिटलमा अत्याधुनिक जनरल र विशेषज्ञसहित व्यवस्थित आइसीयु, अत्याधुनिक प्रयोगशाला रहेको छ । साथै, रोग पहिचानका लागि अत्याधुनिक डायग्नोस्टिक सेटअप रहेको अस्पतालमा चोटपटक (ट्रमा) को उपचारका लागि सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको संचालकहरूले बताएका छन्।

प्रकाशित: १९ कार्तिक २०७४ ०५:४० आइतबार

नेसनल हस्पिटलको सेवा सुरु