समाज

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जंगली जनावरबाट बालीनालीलाई जोगाउन लगाइएको विजुलीको तारमा करेन्ट लाग्दा सर्लाहीको बरहथवा नगरपालिका १४ बिनमाटोलका नरेश साहको मृत्यु भएको हो।  

स्थानीय शिवजी साहको खेतमा तरकारी बालीलाई जंगली जनावरबाट जोगाउन विजुलीको तार लगइएको थियो। राति पिसाब गर्न घर पछाडि रहेको बारीमा जादा नरेशको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बागमती नदीको किनारमा लुकेर बस्ने नीलगाईले बारीमा लगाएका तरकारी बाली सखाप पार्ने भन्दै शिवजीले विजुलीको तार लगाएका थिए।  

घटनाको विषयमा अन्य अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०८० ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App