समाज

इजरायल जाने जहाजले २५० जना लिएर फर्कने

आज राति इजरायल जाने नेपाल एयरलाइन्सको जहाजले २५० जना लिएर नेपाल फर्कने भएको छ। 

परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले इजरायल जाने विमान २५० क्षमता भएको जानकारी दिइन्।

उनले इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेको पनि बताइन्।

उनले भनिन्, '२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ। २५० जना बोक्ने जहाज आज जाँदैछ।'

प्रकाशित: २४ आश्विन २०८० १२:०९ बुधबार

नेपाल एयरलाइन्स परराष्ट्र मन्त्रालय