समाज

आज जाने जहाजले इजरायलमा मृत्यु भएका नेपालीको शव नल्याउने

नेपाल एयरलाइन्सको आज राति इजरायल जाने विमानले इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नल्याउने भएको छ।

इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न पर्ने हुँदा नेपाली विद्यार्थीको शव ल्याउन नसक्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

अहिले इजरायल सरकारले शव हस्तान्तरण नै नगरेको उनले बताइन। उनले यो बाध्यतालाई पीडित परिवारले पनि बुभिदिन आग्रह गरेकी छन्।

प्रकाशित: २४ आश्विन २०८० ११:३९ बुधबार

इजरायल युद्ध