समाज

जनकपुर विमानस्थल प्रमुख भन्छन्: सुरक्षाकर्मीले छेक्दाछेक्दै कार्यकर्ता पार्किङ स्थल प्रवेश गरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न कार्यकर्ताहरू जनकपुर विमानस्थलको पार्किङ स्थलमै पुगेका छन्।

आज मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न गएका ओलीलाई स्वागत गर्न कार्यकर्ताहरू पार्किङ स्थलमै पुगेका हुन्।

जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू पार्किङ स्थल प्रवेश गरेको बताए। 

पन्तले भने, 'अतिथिहरु नै १० जना आउनुभएको थियो। यहाँ स्वागत गर्न पनि १०,१५ जना आउनु भएको रहेछ। सुरक्षाकर्मीले छेक्नुभएको हो। तर सुरक्षाकर्मीले छेक्दा छेक्दै उहाँहरु पार्किङ स्थल जानुभयो। झर्ने प्यासेन्जर पनि त्यहि हुनुभयो।  त्यसले गर्दा भिड देखियो।'

सुरक्षाको हिसाबले यो नराम्रो भएको पन्तको भनाइ छ। यसबारे छलफल भइरहेको उनले बताए।

अध्यक्ष ओली जनकपुर आउने भएपछि बुधबार बिहानै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भएको उनले बताए।

एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट बुधबार जनकपुर विमानस्थल पुगेका थिए।

ओलीलाई स्वागतका लागि एमाले कार्यकर्ताहरू जहाजकै ढोकामा पुगेका थिए।

प्रकाशित: २४ आश्विन २०८० १०:४१ बुधबार

अध्यक्ष केपी शर्मा ओली नेकपा एमाले जनकपुर विमानस्थल