समाज

बानेश्वर नजिकै बागमतीमा भेटियाे युवकको शव

काठमाडौँ महानगरपालिका-३१ बानेश्वरस्थित तरकारी बजार अगाडिबागमती खोला किनारामा आज एक युवकको शव भेटिएको छ।

महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए।

उनका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०८० ०६:२३ बुधबार

बानेश्वरस्थित तरकारी बजार अगाडि महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा