समाज

गाजा सीमावर्तीबाट ५५ नेपाली सुरक्षित स्थानमा सारियो, घाइते भएका ४ जनाको स्वास्थ्यमा सुधार

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार इजरायली सुरक्षा संयन्त्रको सहयोगमा नेपाली विद्यार्थीलाई उद्धार गरी थप सुरक्षित स्थानमा सारिएको जानकारी दिएको हो।

त्यस्तै उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि थप सुरक्षित ठाउँमा सारेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजी भइरहेको छ।

नेपाल फर्कन इच्छुक नेपालीलाई दूतावासले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको र उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको दस्तावासले बताएको छ।  

प्रकाशित: २४ आश्विन २०८० ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App