समाज

ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

नवलपरासी –  पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ। 

कावासोती नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कावासोतीले जनाएको छ। 

प्रकाशित: १६ कार्तिक २०७४ ०५:१६ बिहीबार

ट्रक मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु