समाज

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

काठमाडौं— समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश भट्टराईको आदेशमा सानातिना व्यवहारिक र कानुनी प्रश्न उठाएर निर्वाचनको महायज्ञलाइ बिथोल्नु उचित नहुने उल्लेख छ।

अर्को रिटमा सरकारी उपन्यायाधिवक्ता भरतकुमार मैनालीले निर्वाचन गराउन तोकिएका कर्मचारीले समानुपातिक तर्फ भोट हाल्न पाउनुपर्छ भन्दै दायर गरेको रिटमा भने १९ गते अन्तरिम आदेशको छलफलका लागि सरकारलाई बोलाएको छ।

प्रकाशित: १५ कार्तिक २०७४ १२:०७ बुधबार

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च