समाज

अरिङ्गलको टोकाईबाट एकको मृत्यु

दार्चुला - दार्चुलामा अरिङ्गालको टोकाई बाट एक वालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ७ धाप बस्ने हरक सिह ठगुन्नाकी ११ वर्षिय छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ठगुन्नालाई सोमबार वेलुकी घर नजिकै घास काट्ने क्रममा अरिङ्गालले टोकेको समेत प्रहरीले जनाएको छ।

मृतक ठगुन्नालाई अरिङ्गालले टोक्ने विक्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभए पछि भारतको पिथौरागढ रिफर गरिएको थियो। ११ वर्षिय वालिका ठगुन्नाको आज पिथौरागढ लग्दै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । घास काट्ने क्रममा उनि संगै रहेकी उनकी आमा पारवती ठगुन्नालाई समेत टोकेको प्रत्यक्षदर्शीले बताएका छन् । उनकी आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित: १४ कार्तिक २०७४ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App