समाज

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

इटहरी – इटहरीको व्यस्त बजारमा रहेको रोयल गोल्ड सुनचाँदी पसलबाट पाँच तोलाको सुनको सिक्री लुटिएको छ। 

मंगलबार मध्याह्न ग्राहक बनेर आएका एक व्यक्तिले पेस्तोल देखाएर पाँच तोलाको सुनको सिक्री लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

सिक्री लुट्ने व्यक्तिको फोटो सिसी क्यामेराबाट हेरेर खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सञ्जय राउतले बताए। 

प्रकाशित: १४ कार्तिक २०७४ ०६:४० मंगलबार

इटहरीमा पेस्तोल देखाएर तोला सुन लुटियो