समाज

इजरायलमा निधन भएका नेपालीहरूको शव ल्याउन सरकारले थाल्यो पहल

सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले इजरायल आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव यथाशीघ्र नेपाल ल्याउन पहल भइरहेकाले जहाज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

यस्तै शव फिर्ताका लागि इजरायली पक्षसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ। साथै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने पनि बैठकले निर्णय गरेको हो।

हमासले गरेको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। एकजनाको अवस्था अझै अज्ञात रहेको छ।

प्रकाशित: २२ आश्विन २०८० ०६:०६ सोमबार

सरकार निधन भएका नेपाली विमान परराष्ट्र मन्त्री एनपी साउद