समाज

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

भोजपुर- आमचोक गाउपालिका– ९ दुम्मनामा एक बालिकाको बलत्कारपछि हत्याको प्रयास भएको छ ।  कक्षा ८ मा अध्ययनरत बालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 
१५ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाको आमाबुबा कोही नभएको र ठूलो बुबाको संरक्षणमा बस्दै आएकी थिइन् । सामाजिक तथा आर्थिकरूपमा पछाडि परेकी पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि आर्थिक संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । 

प्रकाशित: १३ कार्तिक २०७४ ११:०२ सोमबार

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास