समाज

नागरिककर्मीद्वय बुढाथोकी र पाख्रिन पुरस्कृत

काठमाडौं- टान पत्रकारिता पुरस्कारबाट दुई नागरिककर्मी पुरस्कृत भएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को ३९ औं बाषित्कोत्सवको अवसरमा नागरिक दैनिका पत्रकारद्वय खिलक बुढाथोकी र अर्जुन पाख्रिन तामाङ  पुरस्कृत भएका हुन्। पत्रकारिताको मार्फतबाट पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आइतबार सम्मान गरिएको हो । सम्मानित हुने पत्रकारद्वयलाई नगद १५ हजार र दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सम्मानित पत्रकारहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

 उक्त अवसरमा टान सगरमाथा जर्नालिष्ट अवार्ड २०१७ बाट भरतबन्धु थापा र कुमार चौलागाईलाई पुरस्कृत गरिएको थियो।  सगरमाथा डा हर्क गुरुङ अवार्ड २०१७ बाट बच्चुनारायण श्रेष्ठ सम्मानित भएका थिए । उनलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गरी सगरमाथा पासाङ ल्हामु अवार्डबाट पूर्णिमा श्रेष्ठ सम्मानित भएकी छन् । टान सगरमाथा पेम्बा डोलमा एकेडेमी अवार्ड नेपाल माउन्टेन ऐकेडेमीलाई प्रदान गरिएको थियो ।

 टान पत्रकारिता पुरस्कारबाटै  नागरिक कर्मीद्वय सहित पर्यटन न्यूजका शिव श्रेष्ठ,  शिखर पोष्टका प्रकाश खालिङ,  अर्थतन्त्र डटकमका रामेश्वर कार्की, फोटो पत्रकार जनार्दन अर्याल लगायतलाई सम्मान गरिएको थियो । ट्रेकिङ  एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका पत्रकार तथा सञ्चारकर्मीलाई  सम्मान गर्दै  आएको बताए।

 

 

 

 

प्रकाशित: १२ कार्तिक २०७४ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App