समाज

धादिङ बस दुर्घटनामा मृतककाे संख्या १९ पुग्यो

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। 

मृतक मध्ये ९ जना पुरुष र ७ जना महिला र ३ जना बालबालिका रहेको धादिङको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए। मृतकको सनाखत भने हुन सकेको छैन्। 

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो। 

दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ। घाइतेहरू मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। 

बस तिव्र गतिका कारण  दुर्घटना भएको दुर्घटनाका घाइतेहरू बताएका छन्।

प्रकाशित: ११ कार्तिक २०७४ ०६:३१ शनिबार

धादिङ बस दुर्घटनामा मृतककाे संख्या १९ पुग्यो