समाज

आज देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

आज देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रका प्रभाव रहेको छ।

महाशाखाले आज बिहानै पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

महाशाखाले देशका विभिन्न भागमा मौसम बदली रहने भएकाले सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह समेत गरेको छ।

प्रकाशित: २१ आश्विन २०८० ०२:०८ आइतबार

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा कोशी गण्डकी बागमती