समाज

नागरिककर्मी सापकोटालाई मातृशोक

नागरिक दैनिक समाचार कक्षमा कार्यरत तिलक सापकोटालाई मातृशोक परेको छ। उनकी आमा ८१ वर्षीया सरस्वती सापकोटाको बिहीबार निधन भएको हो।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित घरमै उनको निधन भएको हो। परिवारका सदस्यका अनुसार उनी लामो समयदेखि दम रोगबाट पीडित थिइन्। निधन हुनुभन्दा चार दिनअघिदेखि उनलाई मौसमी ज्वरो आएको थियो। तीन महिनाअघि दम बढ्दा उनलाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको थियो। मृतक सापकोटाका पति, तीन छोरा र एक छोरी छन्। तिलक कान्छा छोरा हुन्।

प्रकाशित: २१ आश्विन २०८० ०२:०२ आइतबार

मातृशोक समाचार कक्षमा कार्यरत तिलक सापकोटा