समाज

नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार

चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।

आज दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित बुद्धको मूर्ति नजिकैबाट हाम फालेकी अन्दाजी २५र३० वर्षीया महिलाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ। महिलालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको छ। पछिल्लो समय नारायणी नदीबाट हामफालेर आत्महत्या गर्ने क्रम बढेको छ।

प्रकाशित: २० आश्विन २०८० ०७:५४ शनिबार

नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार