समाज

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

रसुवा— रसुवामा म्यादी प्रहरीमा सहभागि हुनका लागि आवेदन दिएका ६२ जना अनुपस्थित भएका छन्। आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको लागि खटिन चाहेका उनीहरु सोमबार सञ्चालन भएको दौडमा सहभागी नभएका हुन्।

म्यादी प्रहरी बन्नका लागि तीन सय १२ जनाको आवेदन परेको थियो। जिल्लामा निर्वाचन सुरक्षाका लागि दुई सय ४० जना म्यादी प्रहरी आवश्यक रहेको प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए। 

छनोट भइसकेपछि पनि केहीले बीचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिने र खाली भएमा वैकल्पिकले अवसर पाउने उनले जाए।

निर्वाचन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी छनौट प्रक्रिया अघि बढाएको हो।

प्रकाशित: ७ कार्तिक २०७४ १२:३६ मंगलबार

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्