समाज

श्रीमानकाे हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ

भक्तपुर – कोठामा थुनेर श्रीमानलार्इ अागाे लगाएर हत्या गरेको अराेपमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको थियाे ।

प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइती गएकाे बेलामा जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा विदुर नेपालको मृत्यु भएको महानगरीय प्रहरी भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। आगलागीमा परेका नेपालको  कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियाे ।

 

प्रकाशित: ७ कार्तिक २०७४ ०७:५४ मंगलबार

श्रीमानकाे हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ