बझाङमा भूकम्पः ६४ घरमा पूर्ण क्षति
मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले २ सय ७७ घर आंशिक, ६४ घरमा पूर्णरूप र ९ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक विवरण छ। भूकम्पकै कारण १ जनाको मृत्यु हुँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।
भेरी करिडोरमा नयाँ योजना
भेरी करिडोर प्रभावित क्षेत्रका जनताका लागि सिंचाई, जलस्रोत व्यवस्थापन, नदी नियन्त्रण, विद्युतीकरण र खानेपानी योजना लगायतका संरचना निर्माण गर्ने उद्देश्यका साथ नयाँ परियोजना सञ्चालन भएको छ। भेरीको शीर डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको क्षेत्रमा काम गर्ने उद्देश्यले १० अर्ब बढी खर्च अनुमानमा सरकारद्वारा भेरी कोरिडोर सिंचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको स्थापना गरिएको छ।
कर्फ्यु क्रमशः खुकुलो बनाउनुपर्ने सर्वपक्षीय बैठकको निर्णय
मंगलबारदेखि जारी कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्णरूपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने सर्वपक्षीय बैठकको निर्णय भएको छ। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने कानुनविपरीतका कार्यहरू गर्नेलाई तत्काल कारबाही गर्न उक्त बैठकको सुझाव छ।
कागबेनी उठाउन हातेमालो गर्ने मुख्यमन्त्रीको आश्वासन
गत साउन २८ गते मुस्ताङको कागबेनी बजारमा बाढी गएको क्षेत्रमा प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोलीले निरीक्षण गरेको छ। बाढीले ठूलो क्षती पु¥याएका कारण प्रदेश सरकारको स्रोत साधन र नभए दातृ निकायको सहकार्यमा समेत कागवेनी पुर्ननिर्माण गर्ने मुख्यमन्त्रीको आश्वासन छ।
दुर्घटनामा एकको मृत्यु १० घाइते
मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुईवटा दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बकैयामा दूध बोक्ने ट्याङ्कर पल्टिँदा ना १ घ ५ सय ४४ नम्बरको ट्याङ्कर अनियन्त्रित भएको थियो भने ना १ ज ३१६७ नम्बरको म्याजिकलाई सोहि दिशाबाट आउँदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।
मन्त्री जोगाउन’ छानबिन समितिलाई नै असहयोग
प्रदेश अर्थ मन्त्रालयले ’मन्त्री जोगाउन’ संसदीय विशेष छानबिन समितिलाई असहयोग गर्दै समिति गठन भएको साढे २ महिनासम्ममा रकमान्तरको फाइल दिएको छैन। असारमसान्तको अन्तिम समयमा अर्थमन्त्री संजयकुमार यादवले अवैधानिक तरिकाले रकमान्तर गरेको आवाज प्रदेश सभामा उठेपछि असार २६ गते आर्थिक वर्ष २०७९÷८० कार्यक्रममा भएको रकमान्तरको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।
सहकार्य गर्न सबै दलको धारणा एकै बनाउनुपर्ने
सम्भावित मध्यावधिको निर्वाचन रोक्न दलहरूबीच सहकार्य गर्नुपर्ने कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको धारणा छ। मध्यावधि निर्वाचन उपयुक्त नहुने बुधबारको प्रदेशसभामा दलका नेताहरू एक मत छ।
प्रकाशित: १७ आश्विन २०८० १३:२४ बुधबार