समाज

पूर्वन्यायाधीशकै घरमा बालश्रमिक 

बालश्रमिकका रूपमा पूर्वन्यायाधीशको घरमा काम गर्दै गरेकी बालिकाको उद्धार गरिएको छ। काठमाडौं महानगरपालिका-२९ स्थित पूर्वन्यायाधीश अलि अकबर मिकरानीको घरबाट १० वर्षीया बालिका मुस्कान खातुनलाई उद्धार गरिएको हो।

पूर्वन्यायाधीश अलि अकबरको घरबाट सोमबार राष्ट्रिय बाल परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन, काठमाडौं महानगरपालिका र स्थानीय प्रहरीसँगै जनप्रतिनिधिको टोलीले बालिका खातुनको उद्धार गरेको हो।

गोप्य सूचनाको आधारमा बालिकालाई उद्धार गर्न सफल भएको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ। परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले भदौ ९ गते बाल हेल्पलाइनमा खातुनमाथि कुटपिट गरी घरेलु काममा लगाउने गरेको सूचना प्राप्त भएको थियो।

सोही सूचना पछ्याउँदै जाँदा बालिकाको उद्धार सम्भव भएको उनले बताए।  बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ दफा ३ को उपदफा १ मा १४ वर्ष उमेर पूरा नभएका बालबालिकालाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनी व्यवस्था गरेको छ।

प्रकाशित: १७ आश्विन २०८० ०५:४२ बुधबार

पूर्वन्यायाधीशकै घरमा बालश्रमिक पूर्वन्यायाधीश अलि अकबर