समाज

लागुऔषधसहित दुई पक्राउ

नवलपरासी – सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ।

अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

भुजहवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यमबहादुर थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँचका क्रममा भुजहवाको कुटी चोकमा भारतबाट लुकाइछिपाई लागुऔषध ल्याइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। 

प्रकाशित: ४ कार्तिक २०७४ ०९:१४ शनिबार

लागुऔषधसहित दुई पक्राउ