समाज

म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार कमलविनायक लान्चाफल्चाका विभिन्न खाद्यान्न पसल अनुगमन गरी म्याद नाघका सामान नष्ट गरेको छ।

अनुगमन समितिका संयोजक एवं वडा ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले कमलविनायक लान्चाफल्चामा रहेको मिनीमार्ट र खाद्य पसल अनुगमन गरेको थियो।

अनुगमन टोलीले सुरेश खाद्य स्टोरबाट म्याद नाघेको सामान इन्स्ट्यान्ट ड्राइ इस्ट चारवटा, पूर्णिमा भुजिया लेवल नभएको दुई बोरा, रियल जुस १ लिटरको एकवटा, कुरकुरे २७ पाकेट, चामल तीन बोरा, पिठो साढे एक बोरा, मसला पोका ६७ पाकेट जफत गरी नष्ट गर्‍यो। साथै बिग्रेका, ढुसी परेका र किरा परेका खाद्यान्न छुट्ट्याएर राख्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जनाए।

टोलीले केएम मार्ट प्रालिमा प्याकेजिङका सामान खाद्य अनुज्ञा पत्र लिई लेबल राखेर मात्र बिक्रीवितरण र म्याद नाघेका सामान छुट्टै राख्न निर्देशन दिएको छ।

समितिले कमलविनायक मिनी मार्टमा प्याकेजिङ सामान खाद्य अनुज्ञा पत्र लिई लेबल राखेर मात्र बिक्रीवितरण गर्न निर्देशन दिनुका साथै म्याद नाघेका सामान स्ट्रिटा बसिल नौवटा, आँटा दुई केजीको दुई पाकेट जफत गरी नष्ट गरेको थियो।

प्रकाशित: १६ आश्विन २०८० ०५:५६ मंगलबार

म्याद नाघेका सामान नष्ट भक्तपुर नगरपालिका अनुगमन समिति