समाज

भिरबाट लडेर महिलाको मृत्यु

बैतडी – खर काट्ने क्रममा भिरबाट लडेर बुधबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहार रहेकी छन् । स्थानीय धरमपानी खरफागलमा खर काट्दै गरेकी जुनकिरीको भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय प्रकाश भाटले जानकारी दिए। 

प्रकाशित: १ कार्तिक २०७४ १४:०३ बुधबार

भिरबाट लडेर महिलाको मृत्यु