समाज

सुन चोरी गर्ने युवक प्रक्राउ

रुकुम–सुनचोरी गरेर फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । कुमाखमालीका गाउँपालिका वडा नं. ४ बस्ने धनवीर सुनारलाई सुन सहित प्रहरीले प्रक्राउ गरेको हो।

सुनारले दाङ गडवा गाउँपालिका वडा नं. ६ मा रहेको राजेश कुमार कौसलको राजेश सुनचाँदी पसलवाट साढे दुई तोला सुन चोरी गरि फरार भएका थिए । उनी उक्त पसलमा काम गर्ने कामदार भएको प्रहरीको भनाई छ। 

सल्यान श्रीनगरमा अभियुक्त सुनारलाई २.५ तोला सुनका गरगहना, नगद तथा सुन बनाउने फलामको सानो हथौडा सहित प्रक्राउ गरिएको सल्यानका प्रहरी नायव उपरीक्षक भरत विकले जानकारी दिए । केही दिन यता सल्यान प्रहरी सक्रिय भएको छ ।

तिहारका बेला हुन सक्ने अपराधिक घटना घट्न नदिने र घटाएकालाई तत्कालन प्रक्राउ गर्ने गरी जनशक्ति परिचालन गरिएको प्रहरी नायव उपरीक्षक विकले बताए। 

प्रकाशित: १ कार्तिक २०७४ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App