एकल पुरुषलाई मासिक ५ सय भत्ता
दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाबाफत मासिक पाँच सय रुपैयाँ भत्ता वितरण गरेको छ। ५० देखि ६७ वर्षका गैरदलित र ५० देखि ५९ वर्षका दलित पुरुष उक्त भत्ता पाउने गाउँपालिकाको भनाइ छ।
पाक्न थाल्यो जुम्ली मार्सी धान
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान पाक्न थालेको छ। अत्याधिक कार्बोहाइड्रेट र पोषणयुक्त यो चामलले उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई फाइदा हुँदा सहरी क्षेत्रमा माग बढ्दो छ।
डेङ्गगी सङ्क्रमणबाट एकको मृत्यु
डेङ्गु सङ्क्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ। रोल्पा माडी गाउँपालिका–२ घर्ती गाउँका ५१ बर्षिय यज्ञबहदुर डाँगीको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा निधन भएको हो
एमाले गण्डकी प्रदेश अधिवेशन सुरु
नेकपा (एमाले) को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ। महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि रहने एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यको भनाइ छ।
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार
पिके डायग्नोस्टिक सेन्टर सञ्चालन गर्दै आएका काठमाडौंको गौशालाका साजन हुसेनमाथि चक्कु प्रहार भएको छ। घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद भएको प्रहरी वृत्त गौशालाको भनाइ छ।
हत्या आरोपमा श्रीमती पक्राउ
श्रीमान अजित कुमार सिंहको हत्या आरोपमा भारतको मोतिहारी जिल्ला, दर्पाथाना–१, सुक्लहियाकी २३ वर्षीया सोनम सहनीसिंह बारा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रेमी सुजितकुमार सिंहसँगको अवैध सम्बन्ध र आर्थिक लेनदेनको विषयमा श्रीमान अजितले थाहा पाएपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यामा सलंग्न अन्य पाँच जना फरार छन्।
युवालाई उद्यमी बनाउँदै उद्योग संगठन
स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममार्फत युवाहरूलाई उद्यमी बन्न सघाउँदै आएको उद्योग संगठन मोरङद्वारा तेस्रो चरणको कार्यक्रम सुरू भएको छ। दुई वर्षमा सात जनाले व्यवसायिक सफलता प्राप्त गरेको कार्यक्रममा यस वर्ष २० स्टाठर्टअप आइडियालाई सहजीकरण गर्ने उद्योग संगठनको भनाइ छ।
प्रकाशित: १५ आश्विन २०८० १३:२६ सोमबार