अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा. मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनले पशुपति मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशली विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडी बढाउनुपर्नेमा सो नगरी सुन सम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट ईजाजत नलिइएको कालीगढको रुपमा काममा लगाई सुनको जलहरी निर्माण गरेको मुद्दा पत्रमा उल्लेख गरिएको बताए।
यस्तो छ दायर गरिएको मुद्दापत्रः
प्रकाशित: १४ आश्विन २०८० ११:०३ आइतबार