जुम्ला- जनसंख्या तथा वातावारणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन राष्ट्रिय र अन्तराष्ट्रिय चर्चाको विषय बनेको अवगत गराउँदै जवलायुको असरले विश्वको जनसंख्या र भूमिलाई प्रभाव पारेको बनाएकी छन्। उनले नेपाल सरकारले जवालयु परिवर्तनका विषयमा विशेष ध्यान दिएको बताईन । जुम्लामा वातावरण सम्वन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवी गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्न सम्मेलनको आयोजना गरिएको बताइन्।
वातावरणबारे राज्यले प्रभावकारी नीति अवलम्बन गरि अघि बढ्नु पर्ने बेला भएको मन्त्री चौधरीको भनाई छ । सम्मेलनका अवसरमा जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा व्यापक छलफल हुने छ।
प्रकाशित: २९ आश्विन २०७४ ११:४४ आइतबार