समाज

आजदेखि सोह्र श्राद्ध शुरु

फाइल फाेटाे

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।

 प्रतिपदा र द्वितीया तिथिमा पितृलाई सम्झनेहरूले आजै श्राद्ध गर्नुपर्नेछ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिन्छ।सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।यसरी सोह्र श्राद्ध गर्नाले पितृ प्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। 

प्रकाशित: १३ आश्विन २०८० ०७:१९ शनिबार

आजदेखि सोह्र श्राद्ध शुरु