समाज

थिति बिग्रिएका सडक (फोटो फिचर)

सडककै कारण सधैँ जनताले सास्ती त पाएकै छन्।तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ।केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो मननयोग्य र विचारणीय छ । काठमाडौं उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? 

यो कल्पना गरे मात्रै पनि पुग्छ । काठमाडौंका यी सडकहरू मृत्यु मार्ग हुन् भन्दा फरक नपर्ला । यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखिन्छ । पूर्ण जोखिम मोलेर आम सर्वसाधारणहरू दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर छ ।  फोटो :न्युज एजेन्सी

प्रकाशित: १३ आश्विन २०८० ०६:४० शनिबार

थिति बिग्रिएका सडक (फोटो फिचर)