समाज

आज हल्का देखि सामान्य बदली रहने

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित: १३ आश्विन २०८० ००:५३ शनिबार

आज हल्का देखि सामान्य बदली रहने