समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १२ खनारमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १–०२–०४६ प १९६७ र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४६प ७२५८ नम्बरको मोटरसाइकल ठोक्किदा देवानगन्ज वडा नं. ५ का २३ वर्षीय पवनकुमार साह र विराटनगर वडा नं.  १ का १९ वर्षे अजित थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रदेशस्तरीय राजमार्ग सुरक्षातथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।

पछिल्लो समय मोटरसाइकल दुर्घटनामा परेर विशेषगरी युवा पुस्ताको मृत्यु हुने क्रम बढेको छ। बढी मात्रमा युवायुवतीसँगै अन्यले मोटरसाइकल बढी मात्रमा प्रयोग गर्ने गर्छन। युवायुवतीले एक त ट्र«ाफिक नियम उल्लंघन गरि मोटरसाइकल कुदाउँने र कतिपयले मापसे गर्दा बढी दुर्घटना हुने गरेको कोशी प्रदेश राजमार्ग सुरक्षातथा ट्राफिक प्रहरी कार्यालयले जनायो।

कोशी प्रदेशमा एक वर्षको अवधिमा मात्र४१२ जनाको दुर्घटनामा परि मृत्यु भएको छ। २०७९ साउनदेखि २०८० असार मसान्तसम्म भएका दुर्घटनामा मृत्यु हुनेको तुलनामा १३ गुणभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ८१० जनागम्भीर र चार हजार ७९७जना सामान्य छन्।

अघिल्लो आर्थिक वर्ष २०६८ साउनदेखि २०७९ असार मसान्तसम्म कोशी प्रदेशमा पाँच सय ३१ जनाको मृत्यु भएको थियो। यस तथ्याङ्कलाई आधार मान्दा पछिल्लो एक वर्षमा मानवीय क्षती एक सय १९ जनाअर्थात २२.४१ प्रतिशतले कमी भने आएको छ।  

प्रकाशित: १२ आश्विन २०८० १२:१४ शुक्रबार

दुर्घटना