समाज

स्वास्थ्यमन्त्रीकाे गृहनगरमा ९८ जना डेंगु संक्रमित

गौशाला - महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट सुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार बर्दिबास अस्पतालमा ९८ जनालाई  डेंगु रोग देखा परेकाे जानकाररी गराए ।

' डेंगु रोग देखा परेकाे मध्ये  ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेका छन् । दुई साताअघि पाँचजनाबाट सुरु भएको डेंगु रोगले स्थानीयलार्इ त्रसित बनाएकाे छ,'उनले भने । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकाे गृहनगर बर्दिबासमा  दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको संख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ ।

 

प्रकाशित: २५ आश्विन २०७४ ०४:१८ बुधबार

स्वास्थ्यमन्त्रीकाे गृहनगरमा ९८ जना डेंगु संक्रमित