समाज

बैंककाे ढाेकाबाट नाैं लाख लुटियाे

राजविराज - हार्डवेयर पसल संञ्चालन गर्नका लागि बैंकबाट निकालिएको  नौ लाख ५० हजार मंगलबार दिउँसाे लुटिएको छ । राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल संञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाट लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अज्ञात व्यक्तिले ब्यागमा हार्डवेयर पसल संञ्चालन मियाकाे छोराको घाँटीमा छुरा देखाएर पैसा लुटेका थिए । रकम लुटिएकाे आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

 

प्रकाशित: २४ आश्विन २०७४ ०८:०९ मंगलबार

बैंककाे ढाेकाबाट नाैं लुटियाे