समाज

अब सबै नेपालीको स्वदेशमै उपचार : महतो

पर्वत- गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले उपचारका लागि कोही पनि नेपाली बिदेश जानुनपर्ने अभियानमा आफु लागेको बताएका छन्। शनिबार आयोजित निशुल्क मृटुरोग सम्बन्धी उपचार शिविरमा बोल्दै महतोले नेपालमा इन्धनपछि सबैभन्दा बढी पैसा उपचारको नाममा बाहिरिएको बताए ।

‘नेपालमा सबैभन्दा बढी पैसा सवारीसाधनको इन्धनका लागि बाहिरिएको छ, त्यसपछि स्वास्थ्य उपचारका लागि बाहिरिएको छ’ उनले भने–‘उपचारको नाममा बाहिरिने पैसा नेपालबाट बाहिरिन नदिन म अभियान चलाएको छु ।’ उनले आफुले ठुलो लगानीमा नेपालमा सात सय ५० शैया क्षमताको अत्याधुनिक अस्पताल सञ्चालनमा ल्याएको र त्यो अस्पताल सबै नेपालीको पहुँचमा रहेको दाबी गरे ।

‘ठुलो अस्पताल भन्दा बिपन्न बर्ग उपचारका लागि जानै नसक्ने होइन, गरिबको पहुँचमा पनि छ’ उनले भने । महतोले नेपालीहरु सबैभन्दा बढी फुर्सदमा बस्दा नेपाल बन्न नसकेको टिप्पणी गरे । ‘जति धेरै हामी ब्यस्त हुन्छौ हाम्रो मनमस्तिक्समा सकारात्मक कुरामात्र आउँछ अनि मुलुक छोटो समयमै समृद्धिमा पुग्छ’ उनले भने–‘जतिबेला पनि फुर्सदमा हुदा कहिल्यै मुलुक बन्दैन ।’

उनले नेपालीसँग सबै किसिमको क्षमता भएको भन्दै एकपटक मुलुक बनाउन सोच्नुपर्ने बताए । ‘आफ्नो देश आफै बनाउने हो, नेपालीसँग सबै क्षमता छ, त्यसैले सबै नेपाली लागेमा छोटो समयमै समृद्ध नेपाल बनाउन कत्तिपनि कठिनाई छैन’ महतोले भने ।
काँग्रेस नेता एवम् सांसद अर्जुनप्रसाद जोशीले स्वास्थ्य क्षेत्रमा ठुलो रकम खर्च भइरहेको सन्दर्भमा बाहिर जाने रकम नेपालमै रोक्ने अभियान निकै प्रशंसनीय रहेको बताए । उनले मुलुकको समृद्धिका लागि गैरआवासिय नेपालीलाई नेपालमा लगानीको वातावरण मिलाउन सकेमा मुलुकको समृद्धि हुने धारणा राखे ।

बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.अनिल भट्टराईले अब कार्यक्रमको नाममा सामान्य उपचारको शिविर राख्न आवश्यक नरहेको बताए । ‘अबको समय सकेसम्म दुर्गमबस्तीमा पुगेर बिपन्नबर्गको ठुला रोग लागेका बिरामीलाई टार्गेट गराउनुपर्छ’ उनले भने । डा.भट्टराईले आफुले निरन्तर रुपमा विभिन्न जिल्लामा शिविर पु¥याएर मुटुरोगसम्बन्धी बिरामीलाई राहत दिने अभियानमा लागेको बताए ।

 

प्रकाशित: २२ आश्विन २०७४ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App