समाज

दाङमा बस दुर्घटना हुँदा १७ जना घाइते, एकको अवस्था गम्भीर

दाङमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख– ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही–९ अमिलियामा आज बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको हो।

प्रहरी उपरिक्षक केसीले घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि कोहलपुर पठाइएको बताए। उनले अन्य घाइतेहरूमध्ये अन्यको अवस्था मध्यम र सामान्य रहेको हुँदा केहीको उपचार लमही अस्पतालमा र केहीको उपचार कोहलपुरमा भइरहेको पनि जानकारी दिए।  

दुर्घटनाको कारणबारे पत्ता लाग्न नसकेको पनि उनले बताए।

प्रकाशित: ९ आश्विन २०८० ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App