विराटनगर– भारी वर्षाले साउनको अन्तिम साता पूर्वी नेपाल डुबानमा परे । पानीको बहाब र गहिराइ यतिबिध्न तीब्र थियो कि एक सयजना बढीको ज्यान नै गयो । धनमालको यकिन क्षतिको विवरण अझै सार्वजनिक भइसकेको छैन् ।
वर्षाको पानी र बाढीले पूर्वी नेपालमा त जनधनको क्षति पु¥यायो नै, सीमावर्ती भारतीय बजार जोगवनीस्थित मीरगञ्ज पुल र रेल्वे ट्रयाकमा क्षति पु¥याउँदा आवातजावत नै अवरुद्ध बन्यो । रातदिन हजार भन्दा बढी कामदार खटाएर रेल्वेको ट्रयाक मर्मत गरिएपनि भारतीय पक्षले भने पुलको मर्मतमा चासो देखाएन् ।
मीरगञ्ज पुलको उत्तरपट्टिको भाग पानीको तीव्र वाहवले भाँसिएपछि भारतीय पक्षले पुलको दुबैपट्टि भारी सवारीसधान छिर्न नसक्ने गरी घेरा लगाइदिए । सानो र हलुका गाडिको अवातजावत भइरहेकाले पनि पुलको क्षतिले भारतीय पक्षलाई खासै नोक्सानी गरेनन् ।
फलाम सिस्टमको मीरगञ्जको पुल निकै पुरानो हो । ‘फास्ट कनेक्टिभीटि’ का लागि झण्डै ४५ वर्ष अगाडि बनाइएको मीरगञ्जको पुल नेपाली आयात–निर्यातकर्ताकै लगातारको ताकेतापछि मर्मतसम्भार भइरहेको छ । त्यो पुलको मर्मत गर्ने टिम विहारको दरभंगामा मात्रै उपलब्ध रहेकाले पनि निर्माणमा ढिलाइ भएको भारतीय पक्षको भनाइ छ ।
प्रकाशित: २१ आश्विन २०७४ ०७:११ शनिबार