समाज

अर्खाखाँचीमा वस दुर्घटनाहुँदा २ को मृत्यु ४० घइते

अर्घाखाँची- जिल्लाको मालारामी गाउँपालिका वडा नं. ३ खनदह  सावडाँडामा वस दुर्घटना हुँदा  दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ। अर्घातोषको डाँडाकेटरीबाट वुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको वस दुर्घटना हुँदा मालारानी ३  खनहदका ९ वर्षिय अभियान आचार्य र गुल्मी धुरकोट वडा १ की  ३५ वर्षिया  सुन्तली विकको निधन  भएको हो।  करिव ४०  जना घाइते भएका छन् ।

 घाइते मध्ये १० को अवस्था गम्भीर छ । मालारमनी २ का २१ वर्षिय उमेश कुवँर, मालारानी २ कै  भानुभक्त आचार्य, मालारमनी ३ की ३४ वर्षिया इन्दिरा आचार्य, रुपन्देही शंकर नगरकी ६७ वर्षिया भद्रकला भट्टराई, मालारानी २ का  २० वर्षिय कृष्ण कुवँर, सन्धिखर्क ११ का  ५० वर्षिया गोमा वस्याल, सन्धिखर्क  ११ कै ५२ वर्षिया शान्ता भुसाल, गुल्मी पुर्कोटदहका सोभे सार्की र मालारानी  गाउँपालिकाका  ३८ वर्षिय यमकला भुसाल रहेको प्रहरीले जनाएको छ । गाडी चालक गोकुल विक भने सकुशल रहेका छन्।

 ३५ सिट क्षमताको  बसमा ७० जना यात्रु सवार रहेका थिए । गाडी समधर ठाउँमा  दुर्घटना भएको हो ।  गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको लगिएको छ । अत्यधिक यात्रुको चाप र ड्राइभरको लापरवाहीका कारण  दुर्घटना भएको गाडीमा सवार यात्रुहरुको भनाइ  छ ।  सामान्य घाइते ३५  जनालाई वुटवल रेफर गरिएको छ । वसमा सवार केहि यात्रु सकुसल छन्  भने केहिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  गाडी सडकबाट एक सय मिटर तल खसेको थियो।   जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले साँघुरो सडक र सडकको छेउको भाग कमजोर रहेकाले दुर्घटना भएको बताए ।  

 

प्रकाशित: २० आश्विन २०७४ १२:५९ शुक्रबार

अर्खाखाँचीमा वस दुर्घटनाहुँदा को मृत्यु ४० घइते