समाज

करेन्ट लागेर तीनजना घाइते

दाङ –  घोराही उपमहानगरपालिका तुलसीपुर चोकमा आज रक्सीको होर्डिङ बोर्ड राख्न खोज्ने तीन जना करेन्ट लागेर घाइते भएका छन्। 

सिङ्नेचर ब्राण्डको रक्सीको प्रचार बोर्ड राख्न खोज्दा दीपज्योति इन्टरप्राइजेजमा कार्यरत गोविन्द भण्डारी, ललित सेजवाल र दीपेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

घाइते तीनमध्ये भण्डारीको अवस्थामा गम्भीर भएकाले उपचारका लागि बुटवल पठाइएको र अन्य दुईजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ आश्विन २०७४ ११:३२ बिहीबार

करेन्ट लागेर तीनजना घाइते