समाज

रुकुममा भूकम्प

रुकुम, असोज १६– रुकुम केन्द्रबिन्दु बनाएर सोमवार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले ४.१ म्याग्निच्युड भूकम्प मापन गरेको बताएको छ । 
छिमेकी जिल्ला सल्यान र जाजरकोटमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले जिल्लामा क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित: १६ आश्विन २०७४ १७:१३ सोमबार

रुकुममा भूकम्प