समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

जडीबुटीको संगम स्थल बन्दै जाखोर ताल

एकान्त प्रकृति खोज्ने प्रेमीहरूको स्थानको रूपमा परिचत धनगढीको जाखोर ताल पछिल्लो समय हिमाल पहाड र तपाईमा पाइने जडीबुटी अनुसन्धान स्थल बन्दै गएको छ। एक सय ४९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको  ‘देवरिया वनस्पति उद्यान’ मा रुद्राक्ष, रक्तचन्दन, श्रीखण्ड जस्ता संरक्षित प्रजातिहरू मुख्य आकर्षण हुन्।

तालको हालमा राजमार्गका पुल

मध्यपहाडी राजमार्गमा बनाइएका अधिकांश पक्की पुलहरू वर्षातमा पानी पोखरीमा परिणत बनेका छन्। दैलेख, अछाम, रुकुम पश्चिम र रुकुम पूर्वका जिल्लाका राजमार्गका पुलमा गाडीबाहेक स्थानीय हिड्न नमिल्ने भएको छ।

बालसुधार गृहमा झडप

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप भएको छ। दुई समूहबीचको झगडामा कपिलवस्तुका १८ वर्षीया सुलभ केसीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।  

पोखराका लागि हवाई उडान थपिँदै

विदेशीसँगै आन्तरिक पर्यटको संख्यामा उल्लेख्य वृद्धि भएपछि हवाई कम्पनिद्वारा पोखराको हवाई सेवामा बिस्तार गरिएको छ। निजी क्षेत्रका बुद्ध, यतीसँगै श्री एयरलाइन्सद्वार पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थप्ने तयारीमा छ।

पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै

चितवन राष्ट्रिय निकुञ्जद्वारा दुई वटा गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाउने तयारी गरिएको छ। तीन वर्ष नौ महिनाकी पुष्पा र दुई वर्ष तीन महिनाकी अञ्जली मानव वस्तीमा आएर दुःख दिने गरेका थिए।

मलंगवाको निषेधाज्ञा शुक्रबार पनि जारी

सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार पनि जारी छ। गणेश चतुर्थीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिन बिहीबार रातिदेखि कर्फ्यु जारी गरीएको थियो।

पाथीभराको ८९ लाख भेटी हिनामिना

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम हिनामिना भएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको छानबिनसँगै गाउँपालिकाले गरेको अध्ययनमा ८८ लाख ८३ हजार एक सय २४ रुपैयाँको हिसाबकिताब मिलेको छैन्। 

प्रकाशित: ५ आश्विन २०८० १३:३३ शुक्रबार

सात प्रदेशका सात समाचार